फाइनलमा बार्सिलोनासँग चेल्सी ४–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

फाइनलमा बार्सिलोनासँग चेल्सी ४–० गोल अन्तरले पराजित

एजेन्सी । बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

आईतबार राति लण्डन क्लब चेल्सीलाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको हो । बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो ।

खेलको १४ औं मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत बार्सिलोनाको अग्रता दोब्बर बनाईन् । एटाना बोनमतीले २१ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरिन् । कारोलिनी ग्राहम हेनसेनले स्पेनिस क्लबका लागि चौथो गोल गरेकी थिईन् ।

पहिलो हाफको ३६ मिनेट भित्र बार्सिलोनाले चेल्सीको पोस्टमा चार गोल गरिसकेको थियो । त्यसपछि दुवै तर्फबाट थप गोल हुन सकेन । बार्सिलोनाको महिला टिमले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);