च्याम्पियन्स लिगको दोस्रो खेलमा बार्सिलोनाको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

च्याम्पियन्स लिगको दोस्रो खेलमा बार्सिलोनाको पहिलो जित

messi

एजेन्सी, १६ असोज ।  च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो जित निकालेको छ । समुहको पहिलो खेलमा बराबरीमा रोकिएको बार्सिलोनाले गएराति भएको खेलमा इटालियन क्लव इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गर्याे ।

घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लुइस स्वारेजले दुबै गोल गरे । खेलको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएपनि बार्सिलोनाले दोस्रो हाफमा २ गोल गर्दै जित निकाल्न सफल भयो । जितसँगै समूह एफ मा रहेको बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);