क्याटलान क्लब बार्सिलोना तीन वर्षपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

काठमाडौं, १३ मंसिर । क्याटलान क्लब बार्सिलोना तीन वर्षपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले एक एक गोल गरे । ३०औं मिनेटमा पेपेको गोलसँगै पोर्टोले अग्रता लियो । लगत्तै जोआओ क्यान्सेलोको गोलसँगै बार्सिलोनाले दुई मिनेटपछि नै बराबरी गर्यो । ५७औं मिनेटमा फेलिक्सको निर्णायक गोलसँगै बार्सिलोनाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । समूह एचका ५ खेलमा बार्सिलोनाले १२ अंक जोडेको छ । पोर्टो र युक्रेनको शाख्तर दोनेत्स्कले समान ९–९ अंक बटुलका छन् । अन्तिम खेलमा एकअर्का सँग भिड्ने यी दुई टोलीबीचको विजेता अन्तिम १६ मा पुग्ने छ ।

यसैगरी समूह एफमा अन्तिम समयमा पेनाल्टी खान पुग्दा इंग्लिस टोली न्युक्यासल युनाइटेड फ्रेन्च टोली पिएसजी विरुद्ध जितबाट बन्चित भएको छ । पिएसजीको घरेलु मैदान प्रिन्सेस पार्कमा भएको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीले पिएसजी अंक तालिकाको दोस्रो स्थानमा न्युकासल भन्दा १ अंकले अघि बस्न सहयोग पुग्यो । न्युक्यासल युनाइटेड जित नजिक पुगिसकेकोबेला घरेलु टोली पीएसजीले पेनाल्टी पाएको हो ।

यहि समूहमा जर्मनीको बोरुसिया डर्टमण्ड इटालीको एसी मिलान विरुद्ध ३–१ को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा डर्टमण्डका लागि मार्को रोइस, जेमी बाइनोई –गिटन्स र करिम अडेयेमीले एक एक गोल गरे । मिलानका लागि भने एक गोल सामुयल चुकवेजेले गरेका थिए । यस समूहमा डर्टमण्ड ५ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको पिएसजीको ७ अंक छ । न्युक्यासलको ६ तथा मिलानको ५ अंक छ । अन्तिम चरणका खेलमा डर्टमण्ड र पिएसजी तथा न्युक्यासल र मिलानबीच खेल हुने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);