च्याम्पियन्स लिग : युभेन्टससँग ३–० गोल अन्तरले बार्सिलोना पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

च्याम्पियन्स लिग : युभेन्टससँग ३–० गोल अन्तरले बार्सिलोना पराजित

  • जीतसँगै युभेन्टस समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश

एजेन्सी, २४ मंसिर । लियोनल मेस्सीसहितको बार्सिलोनालाई पराजित गरेर क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह विजेता बनेको छ ।

समूह ‘जी’ अन्तर्गत मंगलबार राति भएको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले मेस्सीसहितको बार्सिलोनालाई उसकै मैदानमा ३–० गोल अन्तरले पराजित गरेको हो ।

रोनाल्डोले दुवै गोल पेनाल्टी मार्फत गरेका हुन् । उनले १३ र ५२ औँ मिनेटमा गोल गरे भने २० औँ मिनेटमा युभेन्टसका लागि वेस्टन म्याकेनीले गोल गरे । बार्सिलोना सन् २०१६ यता पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा पराजित भएको हो ।

मंगलबारको जितपछि हेड टू हेडमा बार्सिलोनलाई पछि पारेर समान १५ अंक भए पनि युभेन्टस समूह विजेता बन्यो भने बार्सिलोना समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । सोही समूहको अर्को खेलमा डायनामो किभले फेरेन्कोव्रोसी टीसीलाई १–० गोल अन्तरले पराजित गर्यो ।

लिग अन्तरर्गत नै भएको समूह ‘ई’ को खेलमा चेल्सीले रुसी क्लब एफसी क्रास्नोडारसंग बराबरी खेल्दै अंक बाँडेको छ । लण्डन क्लब चेल्सीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);