च्याम्पियन्स लिगमा आज बार्सिलोना र युभेन्टस भिड्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

च्याम्पियन्स लिगमा आज बार्सिलोना र युभेन्टस भिड्दै

एजेन्सी, २३ मंसिर । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज राति दुइ ठूला क्लव बार्सिलोना र युभेन्टसबीच प्रतिस्पर्धा हुँदैछ ।

क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टस र लियोनल मेसी संलग्न टीम बार्सिलोनाबीच प्रतिस्पर्धा हुन लागेको हो । दुबै टिमबीचको खेल नेपाली समय अनुसार राती पौने दुइ बजे सुरु हुनेछ ।

यसअघि घरेलु मैदानमा भएको खेलमा कोरोना भाइरस संक्रमणका कारण रोनाल्डोले बार्सिलोना विरुद्धको खेल गुमाएका थिए । सो खेलमा बार्सिलोना दुई शुन्य गोलले विजयी हुँदा उस्मान डेम्बेले र मेसीले गोल गरेका थिए ।

आजको खेल बार्सिलोना र युभेन्टसभन्दा पनि मेसी र रोनाल्डो बीचको भेटका रुपमा हेरिएको छ । सन २०१८ मा रोनाल्डो स्पेनिस क्लब रियाल मड्रिडबाट युभेन्टस गएपछि पहिलो पटक यी दुइ एक अर्का बीच मैदानमा उत्रन लागेका हुन ।

बार्सिलोना र युभेन्टस दुवै नक आउट चरणमा पुगीसकेका छन । युभेन्ट्स पहिलो खेलमा ब्यहोरेको हारको वदला लिने दाउमा रहेकोछ । बार्सिलोना पनि दोस्रो पटक युभेन्टसलाई पराजित गर्ने लक्ष्यमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);