एजेन्सी , २४ साउन । युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगको खेलमा आज जर्मनीको बायर्न म्युनिख र इंग्ल्याण्डको चेल्सीबीच प्रतिस्पर्धा हुदैछ ।
यो प्रतिस्पर्धाले युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुग्ने टोलीको टुंगो लगाउने छ ।
पहिलो लेगमा चेल्सी विरुद्ध ३–० गोल अन्तरले अघि रहेको कारण बायर्न म्युनिख क्वाटरफाइनल प्रवेशका लागि बलियो प्रत्यासीको रुपमा रहेको छ । खेल नेपाली समय अनुसार आज राति पौने एक बजे सुरु हुनेछ ।
पहिलो लेगमा बायर्नले चेल्सीलाई उसकै घरेलु मैदानमा तीन गोलले पराजित गरेको थियो । लगातार १७ खेल जितेको बलियो टोली बायर्न म्युनिखसबिरुद्ध ४ गोलको अन्तरले जित हातपारे मात्र चेल्सी क्वार्टर फाइनलमा पुग्नेछ ।
त्यसैगरी आजै युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनको बार्सिलोना र इटालीको नापोलीबीच प्रतिस्पर्धा हुदैछ । पहिलो लेगमा यी दुइ टोलीबीचको खेल १ –१ गोलको बराबरीमा रहेको थियो ।




