च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा आज बायर्न र लियोन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा आज बायर्न र लियोन भिड्दै

एजेन्सी, ३ भदौ । युरोपियन फुटबल क्लबहरुका लागि सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । पोर्चुगलको लिस्बनस्थित स्टाडियो जोसे अल्भालाडे रंगशालामा दोस्रो सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब ओलम्पिक लियोनबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । दुबै टिम एक अर्कालाइ हराएर फाइनलमा पुग्ने दाउमा रहेका छन् । बायर्नले क्वाटरफाइनलमा स्पेनको बार्सिलोनालाई ८–२ गोल फराकिलो अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो । यसैगरी लियोन क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको इंग्ल्याण्डको म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराएको थियो ।

पछिल्लो पटक दुई टिमबीच २००९–१०मा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा बायर्नले समग्रमा ४–० को जित निकालेको थियो ।

दुई टिमबीचको विजेताले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग खेल्नेछ । पीएसजी पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३–० ले हराएर फाइनलमा पुगिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);