च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पुरा

एजेन्सी, ३२ साउन । युरोपियन क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पुरा भएको छ । शनिबार राति भएको अन्तिम क्वाटरफाइनलबाट लियोनले म्यान्चेस्टर सिटी विरुद्ध जित निकालेसँगै च्याम्पियन्स लिगको अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो । अन्तिम क्वाटरफाइनलमा फ्रेन्च क्लब लियोनले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

यस सिजन च्याम्पियन्स लिगको अन्तिम चारमा जर्मन र फ्रेन्च क्लबले मात्र स्थान ओगटेको छ । जर्मन क्लब बायर्न म्युनिख र आरबी लाइपजिग तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन र लियोनले सेमिफाइनलमा स्थान बनाएका छन् । समीकरण अनुसा। अगस्ट १९ मा हुने पहिलो सेमिफाइनलमा पीएसजीले लाइपजिगसँग खेल्नेछ । यस्तै बायर्नले लियोनसँग अगस्ट २० मा खेल्नेछ । च्याम्पियन्स लिगको सेमिफाइनमा दुई स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो देखिने छैनन् ।

१५ वर्षपछि मेस्सी र रोनाल्डोबिना च्याम्पियन्स लिगको सेमिफाइनल खेल हुन लागेको हो । सन् २००४ र ०५ सिजनपछि मेस्सी र रोनाल्डो प्रतियोगिताको अन्तिम चारमा प्रवेश नगरेको यो पहिलो अवसर हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);