च्याम्पियन्स लिग : रियल-युभेन्टस र बार्यन-सेभिल्ला भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

च्याम्पियन्स लिग : रियल-युभेन्टस र बार्यन-सेभिल्ला भिड्दै

एजेन्सी , २० चैत । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज क्वाटरफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेलमा स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब युभेन्टसर दोस्रो खेल स्पेनिस क्लब सेभिल्ला र जर्मन क्लब बार्यन म्युनिखबीच हुँदै छ ।

च्याम्पियन्स लिगमा सर्वाधिक सफल टिम रियलले पहिलो लेगमा युभेन्टससँग एलिनाज स्टेडियममा राति पौने एक बजे खेल्नेछ । रियाल प्रशिक्षक जिनेदिन जिदानको पूर्व क्लब युभेन्टसविरुद्धको खेलमा क्लबका उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस, मिडफिल्डर इस्को टिममा फर्किनेछन् । ला लिगा अन्तर्गत लास पाल्मोसविरुद्धको खेलमा यी खेलाडीलाई आराम दिइएको थियो । रियल र युभेन्टसको यो युरोपियन प्रतियोगितामा २० औं भिडन्त हुनेछ ।

यसअघि खेलेका खेलमा रियलले नौ मा जित निकालेको छ भने युभेन्टस आठमा विजयी भएको छ । युभेन्टस च्याम्पियन्स लिगमा धेरैपटक सेमिफाइनलमा पुग्ने एक्लो टिम हो । अहिलेसम्म युभेन्टस ७ पटक अन्तिम चारमा पुगेको छ । घरेलु मैदानमा युभेन्टस २७ खेलदेखि अपराजित रहँदै आएको छ । जसमा उसले १६ खेलमा जित निकालेको छ भने बाकीँ खेलमा बराबरी खेलेको छ ।

अर्को खेलमा सेभिल्लाले जर्मन क्लब बार्यन म्युनिखसँग खेल्नेछ । क्वाटरफाइनलमा म्यानेचस्टर युनाइटेडलाई हराएको सेभिया घरेलु मैदानमा पाँच पटकको च्याम्पियन बार्यनलाई हराउँदै नयाँ इतिहास बनाउने लक्ष्यमा छ । अन्तिम पटक १९५८ मा युरोपियन कपको क्वाटरफाइनलमा पुगेको सेभिल्ला यसपटक बार्यनलाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने योजनामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);