मैदानको अभावका कारण डडेल्धुराका खेलाडी ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मैदानको अभावका कारण डडेल्धुराका खेलाडी ओझेलमा

विमल जैरु

डडेल्धुरा, १९ चैत । विगत चार पाँच बर्षदेखि डडेल्धुरामा खेलकुद गतिविधि सुस्ताएको छ । जिल्लामा मैदान नहुँदा खेलकुद प्रतियोगिता हुन सकेको छैन । मैदानको अभावका कारण डडेल्धुराका खेलाडी ओझेलमा परेका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तराका खेलाडी उत्पादन गरेको डडेल्धुरामा खेलकुद गतिविधि शुन्य भएको छ । डडेल्धुराले तेक्वान्दो खेलाडी दिपक बिष्ट, बक्सिङ खेलाडी डम्बरदत्त भट्ट, एथलेटिक्स रियो ओलम्पिक खेलाडी सरस्वती भट्टराई लगायतका थुप्रै खेलाडी जन्माएको छ ।

तर खेलकुदका लागि मैदान नहुँदा जिल्लामा विगत चार–पाँच वर्षयता फुटबल क्रिकेट लगायतका प्रतियोगिता भएको छैन । डडेल्धुरा खेलकुदका लागि प्रचुर सम्भावना भएपनि सरकारी पक्ष उदासिन भएका कारण खेलक्षेत्र प्रभावित भएको सरोकारवालाको भनाई छ ।

प्रतियोगिता प्रभावित भएपछि खेलाडीहरु ओझेलमा परेका छन् । खेलमैदान बनाउन स्थानीय तहले चाँसो नदिएको खेलाडीहरुले गुनासो गरेका छन् ।

प्रतियोगिता संचालनका लागि आर्थिक अभाव पनि उत्तिकै छ । खेलकुद प्रतियोगिता संचानका लागि सरकारी तवरबाट बजेट विनियोजन नुहँदा खेलकुद गतिविधि हुन नसकेको हो ।

निर्वाचनको समयमा नेताहरुले खेलकुदाको विकासका लागि काम गर्ने प्रतिबद्धता नजनाएका पनि होइनन् । तर विजयी भएपछि खेलकुदको क्षेत्रमा चाँसो नदिएको सरोकारवालाको गुनासो छ । खेलाडी र खेलप्रेमीहरुले मैदान बनाएर खेलकुद प्रतियोगिता नियमति संचालन गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);