नेपालका प्राय: खेल र खेलकुद संस्था विवादित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालका प्राय: खेल र खेलकुद संस्था विवादित

किशन भण्डारी
काठमाडाैं, १९ चैत । नेपालमा प्राय खेल र खेलकुद संस्था विवादित छन् । जुन खेलले उपलब्धि हासिल गर्दै तीव्र रुपमा विस्तारको चरणमा छन्, ती खेलमा राजनीति हाबी हुने परम्पराले जरो गाडेको छ । यसको ज्वलन्त उदाहरण, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान) हुन् ।

अब नेपालमा भलिबल पनि प्रगतिउन्मुख देखिएको छ । यसमा पनि राजनीति हाबी हुने सम्भावनाबारे बेलैमा सचेत हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सन् २०१७ मा नेपाली भलिबलले पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा कास्य पदक जित्यो । सोही वर्ष भलिबल राष्ट्रिय खेल समेत घोषित भयो । अस्थिर राजनीति र प्रशासनिक तरलतालाई छिचोल्दै हासील गरेको यो सफलतालाई संस्थागत गर्न खेलाडी र प्रशिक्षक निरन्तर लागी परेका छन् ।

देशमा स्थिर सरकार आएसँगै नेपाली खेल र खेल जगतमा आसा पलाएको छ । आवश्यक पूर्वाधार, बजेट लगायतका पक्षमा राज्यले लगानी बढाउन सके नेपाली भलिबलको अन्तर्राष्ट्रिय छवी अझ उच्च हुने बताउँछन् नेपाल भलिबल संघका सचिव समेत रहेका राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदीश भट्ट ।

देशभित्र चर्चित भएर पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रदर्शनको स्तर निकै कमजोर हुनु नेपाली भलिबल खेलको कमजोर पक्ष मानिन्छ । विगतमा एसियाली खेलकुद र विश्वकप छनोटसम्म पुगेको खेल अहिले दक्षिण एसियाली खेलकुद वृत्तमा पनि संघर्ष गरिरहेको छ ।

भलिबल खेलको धरातल मानिने प्राविधिक पक्ष पनि अहिले फितलो छ । प्राविधिक पक्षमा अझ बढी ध्यान दिने हो भने खेल र खेलाडी दुबैको भविष्य उज्जवल रहेको भलिबल टोलीका प्रशिक्षक भट्टको भनाइ छ ।

अर्कोतिर, फुटबल र क्रिकेटको नियमक निकायमा जस्तै भलिबल संघमा पनि राजनीति हाबी हुने सम्भावना प्रति बेलैमा सचेत हुनुपर्ने सरोकारवाला बताउँछन् । अबको ५/७ वर्षपछि नेपाली भलिबलले अहिलेको क्रिकेटले जस्तै उपलब्धि र चर्चा पाउने दाबी गर्दै भलिबल संघका सचिव भट्ट राजनीति हाबी हुनुअघि नै सचेत हुनुपर्ने बताउँछन् ।

७७ वटै जिल्लामा खेलिने भलिबल खेलले राष्ट्रियस्तरमा निकै चर्चा पाए पनि अन्तर्राष्ट्रिय स्तरमा आफूलाई बलियो गरी उभ्याउन सकेको छैन । पछिल्लो समय यसले पाएको प्रायोजन र राष्ट्रिय प्राथमिकतालाई हेर्दा, यसले चाँडै यो खेल प्रगतितर्फ अघि बढ्ने जानकारहरु बताउँछन् ।

यो खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आउने अवस्था पछि राजनीति हाबी हुने विषयमा भने बेलैमा सचेत हुनुपर्ने उनीहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);