अनुमति दिए अभ्यास थाल्ने तयारीमा फुटबल खेलाडी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अनुमति दिए अभ्यास थाल्ने तयारीमा फुटबल खेलाडी

nepali football-fifa ranking

काठमाडौं, १४ असोज । नेपाली फुटबलका गतिविधि यति बेला ठप्प छ । महामारीको चपेटामा परेको फुटबल गतिविधि चल्न नसक्दा खेलकुद ठप्प भएको हो । कहिले सुचारु हुन्छ भन्ने अझै अन्योल छ । तर फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासमा फर्काउन सरकार समक्ष माग गरेको छ ।

कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेल तालिका जनवरीसम्म स्थगित भइसेकेको छ । महामारीको चपेटका बावजुत पनि युरोपियन र अमेरिकी राष्ट्रहरुमा फुटबल फर्किदा एसियाली केही राष्ट्रमा मात्र फुटबल फर्किएको छ । नेपालमा भने कोरोनाको कहर व्यापक हुँदा गतिविधि पनि शून्य नै देखिएका छन् ।

घरेलु प्रतियोगिताका प्राय ठप्प हुँदा खेलाडीको दिनचर्या घरआगनमै सिमित भएको छ । अहिले स्वास्थ मापदण्ड बनाएर अन्य खेलकुद गतिविधि फर्किने जमर्को गरिरहेका छन् । सरकारले अनुमति दिए अभ्यास थाल्ने तयारीमा खेलाडी छन् । फुटबल खेलाडी पनि त्यसैको पर्खाइमा छन् । अभ्यासमा फर्किनका लागि सरकारसमक्ष अनुमति माग भइरहेको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताउनुभयो ।

खेलाडी पनि अभ्यासमा फर्किन आतुर छन् । सिमित वातवरणले उनीहरुलाई पिरोलीरहेको छ । फिटनेस समस्याको चिन्ता पनि बढेको छ । घरेलु अभ्यासमा व्यस्त भए पनि मैदानको जस्तो लाभदायी नहुने खेलाडीले बताउँदै आएका छन् । पछिल्लो समय मैत्रिपूर्ण खेलका लागि प्रस्ताव आएकाले विश्वकप छनोटका लागि मैत्रिपूर्ण खेल महत्वपूर्ण हुने र त्यसका लागि अभ्यास खाँचो भएको बताउँनुहुन्छ व्यवस्थापक मधुसुदन उपाध्याय ।

त्यसो त एन्फाले खेलाडीलाई फिट राख्न आधुनिक प्रविधिसँगै अनलानको माध्ययमबाट प्रशिक्षण पनि दिइरहेको छ । विज्ञको सर सल्लाहबाट खेलाडीले टिप्स पनि लिइरहेका छन् । फिफाको गाईड लाइन अनुसार घरमा सिमित भएका खेलाडीलाई शारीरिक हिसाबमा स्वस्थ रहने टिप्स प्रदान गर्दै आएको राष्ट्रिय फुटबल टोलीका फिजियो आविस्कार पुडासैनले जानकारी दिनुभयो ।

तत्काल कुनै पनि प्रतियोगिता सञ्चालन हुने अवस्था छैन् । प्रस्तावमा आएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि पक्कै लाभदायी हुनेछन् । त्यसका लागि मैदान फर्किन आवश्यक पर्ने होमवर्क गर्न खेलाडी पनि तम्तयार नै छन् । यसका लागि अभिभावक संस्था एन्फाले पहल चाल्नु पर्ने समय टड्कारो देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);