कोरोना महामारीको कारण लामो समय देखि ठप्प रहेको खेल क्षेत्र खोटाङमा पुन: सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना महामारीको कारण लामो समय देखि ठप्प रहेको खेल क्षेत्र खोटाङमा पुन: सुरु

खोटाङ, ६ चैत। कोरोना महामारीको कारण लामो समय ठप्प रहेको खेल क्षेत्र खोटाङमा विस्तारै चलायमान हुन थालेको छ । खोटाङमा धामाधम खेल प्रतियोगिताहरु आयोजना हुन थालेका छन् ।

खोटाङको दिक्तेलमा स्थानीय खेलाडीको विकासकालागि फुटवल प्रतियोगिताहरु आयोजना हुन थालेका छन् । अखिल नेपाल फुटवल संघ एन्फाले महामारीको जोखिम केहिकम भएसंगै प्रतियोगिताहरु आयोजना गर्न थालेको हो ।

एन्फाले खेल क्षेत्रको विकासका लागि ग्रासरुट फुटबल कार्यक्रमहरु सञ्चालन गदै आएको छ । देशमै पहिलो पटक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासंग सम्झौता गरेर एन्फाले ग्रासरुट फुटवल प्रतियोगिताका कार्यक्रम सूरु गरेको छ ।

कर्माछिरिङ शेर्पा, अध्यक्ष, अखिल नेपाल फुटवल संघ
जिल्ला फुटबल संघ खोटाङले प्रतियोगिताको माध्यमबाट मात्र खेलाडीहरुको क्षमता अभिबृद्धी हुने भएकोले प्रतियोगिताहरु आयोजना गर्नु आवश्यक रहेको जनाएको छ ।


धुब्र बिक्रम राई, अध्यक्ष, जिल्ला फुटबल संघ, खोटाङ
खेलाडीहरु कोरोना महामारीको कारण एक बर्षसम्म घर भित्रै बस्नु परेको थियो । अहिले धमाधम खेलकुद प्रतियोगिताहरुको आयोजना हुदाँ खेलाडीहरु पनि खुसी भएका छन् ।


विजोर राई, खेलाडी, खोटाङ

स्थानीय खेलाडीको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।


नुरकाजी सैजु, अध्यक्ष, खोटाङ फुटवल एकेडेमी
खेल क्षेत्रलाई चलायमान बनाउँदै आगामी अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालका खेलाडीहरुलाई सहभागि गराउने एन्फाको लक्ष्य छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);