नेपाल र कुवेतबीचको खेल भुटानमा गर्न एएफसीबाट स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपाल र कुवेतबीचको खेल भुटानमा गर्न एएफसीबाट स्वीकृत

काठमाडौं, २५ कात्तिक । विश्वकप फुटबल छनोट अन्तर्गत, दशरथ रंगशालामा हुन नसकेको खेल भुटानमा गर्न एन्फाले गरेको प्रस्ताव एएफसीबाट स्वीकृत ।

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको जनाएको हो । खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गते हुनेछ । विश्वकप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्ने पहिलो खेल दशरथ रंगशाला हुने तय भएको थियो ।

तर, फिफा र एसियाली फुटबल परिषद एएफसीले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम दशरथ रंगशाला तयार हुन नसक्ने ठहर गरेको थियो । सो खेल नेपालमा सञ्चालन हुन नसक्ने भएपछि एन्फाले एएफसीलाई तटस्थ मैदानको रुपमा भुटानको चाङ्लिमिथाङ रंगशाला सिफारिस गरेको थियो ।

नेपालको सिफारिसमा एएफसीले स्वीकृति दिएको एन्फाले जनाएको छ । विश्वकप छनोट अन्तर्गत विदेशी मैदानमा खेल्ने सबै खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);