पूर्वाञ्चल गोल्डकपको उपाधि त्रिभुवन आर्मीले जित्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पूर्वाञ्चल गोल्डकपको उपाधि त्रिभुवन आर्मीले जित्यो

झापा, २५ कात्तिक । विभागीय टोली त्रिभुवन आर्मी क्लबले हाम्रो पूर्वाञ्चल गोल्डकपको उपाधि जितेको छ । झापाको बिर्तामोडमा सोमबार भएको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

डोमलाल राजवंशी रंगशालामा आर्मीलाई जित दिलाउन दुवै गोल कप्तान टेक बहादुर बुढाथोकीले गरे । उपाधिसँगै आर्मीले १२ लाख ५० हजार नगद प्राप्त गरेको छ । उपविजेता चर्चले ६ लाख २५ हजार रुपैयाँ हात पा-यो ।

यस अघि आर्मीले सेमिफाइनलमा भारतको सिक्किम एफसी क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । चर्चले भने सेमिफाइनलमा नेपाल पुलिस क्लबको चुनौती १–० ले पन्छाएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);