राष्ट्रिय महिला लिग फुटबल उपाधि शसस्त्र प्रहरीको एपीएफ क्लबलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

राष्ट्रिय महिला लिग फुटबल उपाधि शसस्त्र प्रहरीको एपीएफ क्लबलाई

काठमाडौं, ५ फागुन । विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबल उपाधि जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार विराटनगर महानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफले लिग उपाधि जितेको हो ।

विराटनगरसँगको प्रतिस्पर्धाका लागि मैदानमा उत्रिनु अघि नै लिग विजेता बनि सकेको एपीएफका लागि अनिता केसीले निर्णायक गोल गरिन् । लगातार ११ खेलमा अपराजित एपीएफ बुधबार नै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा रहेपछि दुई खेल अघि नै च्याम्पियन बनेको हो ।

दुई खेल अघि नै लिग च्याम्पियन बनेको एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ । जारी लिगमा एपीएफ अपराजित रहने एकमात्र टोली हो । पुलिस क्लबसँग अंक बाँडेपछि ११ खेलमा २६ अंकसंगै आर्मीले दोस्रो स्थान सुरक्षित गरेको छ । विराटनगर १६ अंकसहित तेस्रो तथा १५ अंकले नेपाल पुलिस क्लब चौथो स्थानमा रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);