महिला राष्ट्रिय लिगमा अपराजित रहँदै एपीएफद्वारा उपाधि कब्जा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महिला राष्ट्रिय लिगमा अपराजित रहँदै एपीएफद्वारा उपाधि कब्जा

काठमाडौं, ७ फागुन । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला फुटबल लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–० ले पराजित गरेपछि एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो । दुई खेलअघि नै लिग उपाधि पक्का गरेको एपीएफले सबै १२ खेल जितेको हो ।

शुक्रबार आर्मीलाई पराजित गर्ने क्रममा एपीगफका लागि सरु लिम्बूले २ र अनिता केसीले १ गोल गर्नुभएको छ । यसअघि राष्ट्रिय महिला लिगकै पहिलो चरणमा एपीएफले आर्मीलाई २–० ले पराजित गरेको थियो । एपीएफले लिगका कुल १२ खेलमा ७७ गोल गरेको छ भने १ गोलमात्र खाएको छ । एपीएफले गरेका गोलमध्ये ४३ वटा सावित्रा भण्डारीले मात्रै गर्नुभएको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक डबल राउण्ड रोविनका आधारमा महिला लिग आयोजना गरेको हो । जसमा तीन विभागीय टोलीसहित छनोट खेलेर आएका चारवटा नगरपालिका र महानगरपालिकाको टिम सहभागी थिए । एपीएफले यसअघि २०७४ र २०७५ सालमा महिला लिगको उपाधि जितेको थियो । पहिलो पटक आयोजना भएको डबल लिग जित्दै एपीएफ महिला लिगको उपाधिमा ह्याट्रिक गर्ने पहिलो टिम समेत बनेको छ ।

च्याम्पियन एपीएफले उपाधिसहित नगद १५ लाख रुपैयाँ पाएको छ । यस्तै उपविजेता आर्मीले ८ लाख रुपैयाँ पाएको छ । तेस्रो भएको पुलिसले ५ लाख र चौथो भएको वालिङ नगरपालिकाले ३ लाख रुपैयाँ पाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);