गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ललितपुर महानगरको सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ललितपुर महानगरको सहयोग

काठमाडौं, ७ फागुन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।

सो अवसरमा फाउण्डेसनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिरिस्थतिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रंगशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए।

रंगशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताए । महानगरपालिकाको सहयोगबाट रंगशाला निर्माणका लाथि उर्जा थपिएको पनि उनले बताए ।

रंगशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुशि लागेको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताए । यसै आर्थिक वर्ष भित्र ३ हजार क्षमताको प्याराफिट सहितको रंगशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);