लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

pakrau

काठमाडौं, ७ फागुन । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १ फटियास्थित सीमा ईलाकाबाट फागुन ६ गते एपीएफ टोलीले करीब ६ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ६ बस्ने १८ बर्षियबिबेक राना छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

से ५ प ९०१७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका निज रानालाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका रानालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);