ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ

pakrau

कैलाली । कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ जटाशंकरघाटस्थित खोलाको किनारबाट साउन ७ गते सशस्त्र प्रहरीले करीव ६ ग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको जोशीपुर गाउँपालिका ३ बस्ने २९ वर्षिय रंजित कठरिया, २१ वर्षिय राहुल कठरिया तथा सोही जिल्लाकै लम्किचुहा नगरपालिका ९ बस्ने २५ वर्षिय विशाल सिंह र २२ वर्षिय यकेन्द्र बम छन् ।

उनीहरु उक्त खोलाको किनारमा हिडिरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कालाकुण्डाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको हो ।

पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाइ बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);