एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं, २० फागुन । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीपुलस्थित सीमा ईलाकाबाट फागुन १९ गते एपीएफ टोलीले करीब १ ग्राम ३१ मिलि ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको अर्जुनधारा नगरपालिका १० कालीझोडा बस्ने १९ बर्षिय बिक्रम तोलाङ्गे छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा पोष्ट मेचीबाट खटिएको एपीएफ टोलीले उल्लेखित ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज तोलाङ्गेलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);