स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई आमालाई उपाध्यक्ष कोसेली | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई आमालाई उपाध्यक्ष कोसेली

ओमप्रकाश गुप्ता
भालुवाङ (दाङ), २० फागुन ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थित दाङको राप्ती गाउँपालिका क्षेत्रका स्वास्थ्य चौकीमा सुत्केरी हुने आमालाई उपाध्यक्ष कोसेली दिन थालिएको छ । राप्ती गाउँपालिकामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईमा बच्चा जन्माउने आमा र नवजात शिशुलाई उपाध्यक्ष कोसेली दिन थालिएको हो ।

बिहीबार एक कार्यक्रमको आयोजना गरि लालमटिया र सिसहनियाँ स्वास्थ्य चौकीहरुबाट कोसेली दिने कार्यक्रमको उद्घाटन गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, निमिक्त प्रमुख प्रशासकिय अधिकृत महेश अधिकारी, स्वास्थ्य चौकी प्रमुख धनबहादुर खड्का लगायतको सहभागीतामा उपाध्यक्ष जगदम्वाकुमारी चौधरीले सुत्केरीलाई कोसेली स्वरुप आवश्यक सामाग्री प्रदान गरि कार्यक्रमको सुरुवात गरेकी हुन् ।

संस्थागत प्रसुतीलाई थप प्रोत्साहित गरी मातृ मृत्यु तथा नव शिशु मृत्यु कम गर्न उपाध्यक्ष कोसेली कार्यक्रम संचालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन् ।

गाउँपालिका अन्र्तगतका बर्थिङ सेन्टरमा प्रसुति भएको समयमा उपाध्यक्ष कोसेली दिईनेछ । उपाध्यक्ष कोसेली अन्तर्गत पेटीकोट १ पिस, पेन्टी १ पिस, सेनिटरी प्याड १ पाकेट, नङकट १ पिस, लुगाधुने सर्फ आधा किलो, जोन्सन वेवी सोप १ पिस, जोन्सन वेवी पाउडर १ पिस, जोन्सन वेवी ओइल १ पिस राखिएको छ ।

उपाध्यक्ष कोसेली वितरण कार्यको शुरुवात राप्ती गाउँपालिकाको उपाध्यक्षबाट गरि सम्बन्धीत बर्थिङ सेन्टरको सेवा प्रदायकले उपाध्यक्ष कोसेली सबै प्रसुति सेवाग्राहीलाई यथा स्थानमै दिईने ब्यवस्था मिलाईएको छ ।

राप्ती गाउँपालिकामा संस्थागत सुत्केरी बृिद्ध गरी आमा तथा नवजात शिशु मृत्युलाई कम गर्न आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकता प्राप्त कार्यक्रमको रुपमा संचालन गरिंदै आएको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टरहरुबाट निशुल्क २४ सै घण्टा प्रसुति सेवा, न्यानो झोला वितरण, प्रोटोकल अनुसार गर्भजाँच भएकालाई गर्भवती उत्प्रेरणा, संस्थागत सुत्केरी हुने हरेक महिलालाई यातायात खर्च, ३५ दिन भित्र बच्चाको जन्म दर्ता गराए रु १ हजार उपलब्ध गराउदै आएको छ ।

सुन्य होम डेलिभरी वडा घोषणा कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्दै शतप्रतिशत संस्थागत प्रसुति गराई असुरक्षित प्रसुतिबाट हुने मृत्युको जोखिम कम गरी मातृ मृत्यु दर घटाउने प्रयास भैरहेको छ ।

घरमा हुने प्रसुती घटाई संस्थागत प्रसुतीलाई प्रोत्साहन गर्ने, मातृ मृत्यु तथा नवशिशु मृत्यु घटाउन, प्रोटोकल अनुसारको ४ पटक गर्भ जाँचलाई प्रोत्साहन गर्न, उत्तर प्रसुति सेवा लिन प्रोत्साहित गर्न, सुत्केरी तथा नवजात शिशु स्याहार बारे जानकारी दिई प्रसुति पछि हुने जोखिम कम गर्न साथै प्रसुति अवस्थामा सरसफाईको महत्वबारे जानकारी दिन यो कोसेली कार्यक्रम सुरु गरिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);