दुहबी नगरपालिकाद्वारा स्वास्थ्य चौकी निर्माणको कामलाई तिब्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दुहबी नगरपालिकाद्वारा स्वास्थ्य चौकी निर्माणको कामलाई तिब्रता

सुनसरी, २८ फागुन । सुनसरीको दुहबी नगरपालिकाले नगरका ७ वटा वडामा स्वास्थ्य चौकी निर्माणको कामलाई तिब्रता दिएको छ । गाउँ गाउँमा स्वास्थ्य क्षेत्रको पहुँच पु¥याउने उद्देश्यको साथ नगरपालिकाले स्वास्थ्य चौकी निर्माणको कामलाई तिब्रता दिएको हो ।

नगरपालिकाले वडा नम्बर १, २, ३, ४, ५, ६ र ८ मा आधारभूत स्वास्थ्य सुरक्षाको पहुँच पु¥याउन स्वास्थ्य चौकीको निर्माण गरेको हो । वडामा कुनै पनि स्वास्थ्य चौकी नहुँदा वडावासीलाई समस्या हुँदै आएको थियो । वडामा बिरामी परे निजी स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता रहेको छ । स्थानीय तहमा जनप्रनिनिधि निर्वाचित भएर आएपछि वडाको स्वास्थ्य समस्यालाई प्राथामिकतामा राखेर काम गरिरहेको वडा नं ४ का वडा अध्यक्ष राजन कुमार बस्नेतले बताए ।

सामान्य रोग लागेर विरामी पर्दा पनि निजी अस्पताल जार्नुपर्ने बाध्यताबाट गुर्जिरहेका स्थानीय आफ्नै ठाउँमा सरकारी स्वास्थ्य चौकी पाउँदा खुशी भएका छन् । विषेशगरी महिला, वृद्ध तथा बालबालिकालाई नजिकै सरकारी स्वास्थ्य संस्था नहुँदा मर्का पर्ने गरेको थियो ।

अस्पताल नजिक नहुँदा सुत्केरी महिलाहरुले निकै समस्या झेल्दै आईरहेका थिए भने कुनै समयमा ज्यानै गुमाउनु पर्ने सम्मको स्थिती सृजना हुने गर्दथ्यो । निजी अस्पतालमा उपचार गराउँदा महँगो हुने हुँदा स्थानीयको पहुँच भन्दा परको विषय थियो । घर छेवैबाट सेवा सुरु हुँदा प्रभावकारी हुनसके स्वास्थ्य समस्या समाधान हुने विश्वास स्थानीयले लिएका छन् ।

हाल वडामा सहरी स्वास्थ्य कार्यालय मार्फत् सेवाग्राहीले सेवा लिइरहेको छन् । भाडाको घरमा सञ्चालन भइरहेको सो कार्यालय चाँडै नै नवर्निमित भवनको काम सकिएपछि आफ्नै भवनमा सर्ने छ । अहिले सो स्थायी भवनको अन्तिम चरणको काम भइरहेको छ । स्थानीय तहमै सुविधा सम्पन्न स्वास्थ्य कार्यालय निर्माण भएपछि स्वास्थ्य सेवा सुविधा पाउनेमा स्थानीय ढुक्क छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);