डडेल्धुरामा अजयमेरुमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डडेल्धुरामा अजयमेरुमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु

free video xray

डडेल्धुरा, ३ फागुन । डडेल्धुराको अजयमेरु गाउँपालिकाले भिडियो एक्सरे मेसिन खरिद गरी निःशुल्क भिडियो एक्सरे सेवा दिन थालेको छ । गाउँपालिकामा नै निःशुल्क भिडियो एक्सरे सेवा पाएपछि सदुरमुकामसम्म जानु पर्ने बाध्यता हटेको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा दिन थालेको छ । ६ वटा वडा रहेको अजयमेरु गाउँपालिकाको सदरमुकाम भद्रपुरमा रहेको भद्रपुर स्वास्थ्य चौकीबाट नियमित तथा निशुल्क सेवा दिँदै आएको छ । गाउँपालिका भरीका गर्भवती महिलाहरुको अहिले निशुल्क चेकजाँच भईरहेको छ । सामान्य चेकजाँचका लागि पनि डडेल्धुरा सदरमुकाम अस्पताल नै पठाउनु पर्ने बाध्यता हटेको भद्रपुर स्वास्थ्य चौकीले जनाएको छ ।

गाउँमै निःशुल्क भिडीयो एक्सरे सेवा पाएपछि यस क्षेत्रका महिलाहरुलाई सहज भएको छ । उनीेहरुलाई डडेल्धुरा सदरमुकाम जान आउने लाग्ने खर्च,समय समेत बचत भएको छ । साथै गर्भअवस्थामा कच्ची सडकको सकसपूर्ण यात्राबाट समेत मुक्ति मिलेको छ ।

शिशु मुत्यु दर तथा बाल मुत्यु दर शून्य बनाउने गाउँपालिको नीति अनुसार ग्रामीण क्षेत्रको महिलाहरुको आमा र बच्चा स्वास्थ्य अवस्थालाई ध्यानमा राखी सेवा दिन थालिएको हो । यही फागुन १० गतेदेखि वडा नं. ५ को देवलदिव्यपुरबाट तथा आवश्यक परे हरेक वडाहरुमा सेवा पुर्‍याउने अजयमेरु गाउँपालिकाको योजना रहेको छ ।

अजयमेरु गाउँपालिकाको ६ वटै वडामा स्वास्थ्य चौकी छन् । विकट गाउँमा सामुदायिक सेवा क्लिनिकहरु स्थापना गरिएका छन् । गाउँपालिकाले यसै वर्ष पनि २ वटा नयाँ क्लिनिकहरु थप गरेको छ । स्थानीय सरकारले गाउँमै स्वास्थ्य सेवा दिन थालेपछि स्थानीयलाई राहात मिलेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);