चीनबाट १८५ नेपालीलाई स्वदेश फर्काइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चीनबाट १८५ नेपालीलाई स्वदेश फर्काइने

nepali farkidai

काठमाडौं, ३ फागुन । कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज चीन जाने भएको छ ।

निगमका अनुसार कोरोनाप्रभावित क्षेत्रमा रहेका १ सय ८५ जना नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन आज दिउँसो पौने ३ बजे विमान चीनको वुहान जाने भएको हो ।

विमानमा चालक दलका ३ सदस्य, ६ जना क्रुज मेम्बर र ४ जना चिकित्सक रहने बताइएको छ । फर्कनुअघि विमानस्थलमा सबै नेपालीको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणमा पोजिटिभ देखिए चीनमै राखेर उपचार गरिनेछ ।

विमान आइतबार बिहान बिहान सवा २ बजे काठमाडौं अवतरण गर्नेछ । विमानस्थलमा उत्रिएपछि उनीहरूलाई बसमा राखेर सिधै खरिपाटी लगिनेछ । फिर्ता हुन लागेका नेपालीहरुलाई नेपालले निःशुल्क एयरलिफ्ट गर्न लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);