चीनबाट १७५ जना नेपालीलाई स्वदेश ल्याइयो, १० जना चीनमै रोकिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

चीनबाट १७५ जना नेपालीलाई स्वदेश ल्याइयो, १० जना चीनमै रोकिए

nepali ko uddar

काठमाडौं, ४ फागुन । चीनको हुबेई प्रान्तको वुहान र आसपासमा रहेका १७५ जनालाई स्वदेश फर्काइएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको छिमेकी देश चीनबाट आइतबार बिहान नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल ल्याइएको हो । चीनबाट उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् ।

नेपालीको उद्धारका लागि गएको नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान करिब नेपाली समय राति करिब ८ बजे वुहानको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपाली समयअनुसार करिब १० बजे उडेको विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

त्रिभुवन विमानस्थलमा अवतरण पश्चात भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको छ । उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म र्पुयाएको छ । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँच गरिएको थियो।

आवेदन दिएका एक सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएपछि उनीहरु चीनमै रोकिएका छन् भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेका चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);