ओली सरकारकाे २ वर्ष : प्रतिपक्षको आलोचना, सत्तापक्षको बचाउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

ओली सरकारकाे २ वर्ष : प्रतिपक्षको आलोचना, सत्तापक्षको बचाउ

pm kpoli

काठमाडौं, ३ फागुन । सरकारको २ वर्षे कार्यकालको बचाउ र आलोचनाको शिलशिला सुरु भएको छ । नेपाली काँग्रेसले सरकारले २ वर्षमा २ वटा पनि राम्रो काम नगरेको आरोप लगाएको छ । सत्ता पक्षले २ वर्षको कार्यकालले आधार तयार गरेको भन्र्दै बचाउ गरेको छ ।

शनिवार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका दुई वर्षका काम र प्रगतिको विषयमा जानकारी गराएउनु भएको छ । प्रधानमन्त्रीले संसदलाई जानकारी गराएपछि कांग्रेस सभापति देउवाले सरकारले दुईवटापनि राम्रो काम गर्न नसकेको आरोप लगाउनु भयो ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले दुई तिहाईको सरकारले अर्थतन्त्र तथा सामाजिक क्षेत्रमा गुणात्मक परिवर्तनको काम गर्ने अपेक्षा जनताको भएपनि सरकारको कार्यप्रगति सन्तोषजनक नभएको टिप्पणी गर्नुभएको छ ।

यता राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री ओलीले राम्रो भाषण मात्रै गरेको बताउनुभएको छ ।

सत्ता पक्षले भने सरकारको बचाउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले सरकारको पाँच वर्ष मध्ये दुई वर्षे कार्यकालले विकासको आधार तयार गरेको बताउनुभयो ।

मन्त्रीहरुले काँग्रेसमा जलनको भावना देखिएको आरोप लगाएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको प्रगति सुनेर कांग्रेस लगायतका प्रतिपक्षी दलहरुमा जलन भएको प्रतिक्रिया दिनुभयो ।

संघीय संरचनापछि सरकार गठन भएको दुई वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सरकारले गरेका कामहरुको फेहरिस्त प्रतितिधि सभामा प्रस्तुत गर्नुभएको छ । उहाँले सरकारले भ्रष्टाचार न्यूनिकरणमा जोड दिंदै सुशासनसहित मुलुकको आधार तयार भइसकेको बताउनुएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);