भ्रष्टाचार र अनियामितता मौलायो : पौडेल | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

भ्रष्टाचार र अनियामितता मौलायो : पौडेल

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भ्रष्टाचार र अनियमितता मौलाएको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले तीन वर्षको अवधिमा कुनै प्रभावकारी काम हुन नसकेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामको प्रशंशा एकतर्फी रुपमा गर्दै हिड्नुले असफलता प्रकट भएको नेता पौडेलको भनाई छ ।

प्रधानमन्त्री ओली आत्मरति गर्दै हिडेपनि तथ्य तथ्यांकहरुले भ्रष्टाचार र अनियमितता निकै मौलाएर गएको उनले बताए । सरकारले निर्वाचनको बेलामा घोषणा गरेको जेष्ठ नागरिकलाई पाँचहजार भत्ताको विषय नीति कार्यक्रम र बजेटमा हाल्न नसकेको उनको भनाई छ । सरकारको आत्मरति र आत्मप्रशंशा बाहेक केही नभएको भन्दै उनले सरकारले यो काम राम्रो ग¥यो भन्ने स्थिति नभएको बताए।

नेता पौडेलले बैशाखमा निर्वाचन नहुने दाबी पनि गरे । निर्वाचन गर्नको निम्ति प्रतिनिधि सभा विघटनको कदम चालिएको नभई सरकार टिकाउन र निरंकुश प्रणाली नेपालमा लागु गर्ने उद्धेश्य राखिएको उनको भनाई छ । राजनीतिक र संवैधानिक संकट मोचनका लागि संयुक्त जनआन्दोलन आवश्यक रहेको उनले बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले केपी ओलीको सरकार पूर्ण रुपमा असफल भएको बताए। । राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न नसकेको तथा अर्थमन्त्रीले बजेट कटौती गर्नुपर्ने अवस्थासम्म आईपुगेको उनको भनाई छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले नेकपाको आन्तरिक किचलो, वर्तमान व्यवस्थाको फाइदा उठाउँदै र विदेशी शक्तिको हस्तक्षेपका कारण प्रतिनिधि सभा विघटन भएको बताए। ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);