ओलीलाई नमान्दा दाहालले दुःख पाए : मन्त्री रायमाझी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

ओलीलाई नमान्दा दाहालले दुःख पाए : मन्त्री रायमाझी

टोपबहादुर रायमाझी

काठमाडौं, ३१ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नटेरेर गल्ती गरेको बताएका छन् । प्रेस चौतारी नेपाल अर्घाखाँचीले मंगलबार अघाखाँचीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले यसतो बताएका हुन् ।

उनले भने– ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई नटेरेर पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नुभयो, अहिले त्यही भएर दुःख पाइरहनु भएको छ ।’ आफ्नै अध्यक्ष र नेतालाई नमान्दा दाहाल अहिले सडकमा पुगेको मन्त्री रायमाझीको भनाई छ । दाहाललाई आफूहरुले छाडेको नभइ आफूहरुलाई छाडेर प्रचण्ड हिडेको रायमाझीको तर्क छ ।

उनले भने–‘हामी त प्रचण्डले लगेर मिसाइदिएको पार्टीमा नै छौं, विचार मिलेको छ बसिरहेका छौं, बसिरहन्छौं । माओवादीले सञ्चालन गरेको जनयुद्धले बाहिर राम्रै सन्देश दिएको भए पनि त्यसभित्रको कथा व्यथा भनि नसक्नुको भएको मन्त्री रायमाझीको भनाई छ । पूर्वजनमुक्ति सेना अहिले माओवादीको कारण निरास भएको उनले बताए ।

माओवादी जनयुद्धका लडाकुको व्यवस्थापन माओवादी सरकारमा जाँदा हुन नसकेको भन्दै आलोचना पनि गर्न भ्याए । माओवादी जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका घाइतेलाई केपी ओली नेतृत्वको सरकारले निशुल्क उपचार गर्ने घोषणा गरेको भन्दै उनले यो ऐतिहासिक निर्णय भएको बताए ।

उनीहरुलाई प्रमाणपत्र सहित सम्मान गर्ने सरकारको निर्णय अर्को ऐतिहासिक निर्णय भएको बताउँदै रायमाझीले भने– ‘जनयुद्धका नायक भन्ने साथीहरुले गर्नुपर्ने थियो कि थिएन यो काम ? मुटु भक्कानिन्छ ।’ एमसीसीको अहिले जसले विरोध गर्दै आएका छन् उनीहरुले नै सरकारमा रहँदा निरन्तर कुरा आएको मन्त्री रायमाझीको भनाई छ ।

अहिले यो विषय विवादमा आएकाले यसबारे सरकारले अध्ययन गरिरहेको पनि उनले बताए । माओवादीले समर्थन फिर्ता नलिएसम्म सरकार नढल्ने बताउँदै उनले भने– ‘जसले सरकारको विरोध गर्दै हुनुहुन्छ उहाँहरु नै समर्थन फिर्ता लिनुहुन्न, उहाँले फिर्ता नलिएसम्म सरकार ढल्दैन, प्रधानमन्त्रीले त समर्थन फिर्ता लिनुस् भन्नुभएको छ, उहाँहरु फिर्ता लिन मान्नुहुन्न, यसलाई हेर्दा सरकार पूरै ५ वर्ष चल्ने जस्तो देखियो ।’
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);