अरु दलहरुसँग मोर्चा बनाई प्रधानमन्त्री ओलीको पार्टीलाई चौथोमा झार्छौंः अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अरु दलहरुसँग मोर्चा बनाई प्रधानमन्त्री ओलीको पार्टीलाई चौथोमा झार्छौंः अध्यक्ष दाहाल

काठमाडौं, २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन् ।माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने बताएका हुन् ।

अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुकै पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पु¥याउन सफल भएको अध्यक्ष दाहालले बताए । जसपाका नेताहरुसँग पनि माओवादीको वेभलेन्थ पहिले देखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने उनको दाबी छ । यस्तै कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा सुरु हुने दाबी पनि उनले दाबी गरे ।

अध्यक्ष प्रचण्डले केही दिन मै नयाँ सरकार बन्ने दाबी समेत गरेका छन् । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलहको बैठक सकारात्मक भएको र कांग्रेस पहिलो पटक खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकास बन्ने विश्वास व्यक्त गरे ।

नेकपा माओवादी अहिले पनि नयाँ प्रकारको जनयुद्धमा रहेको अध्यक्ष प्रचण्डले बताए ।सशस्त्र हिंसाको रुपमा नभई प्रतिक्रियावाद विरुद्धमा फरक रुप र तरिकाले युद्ध चलिरहेको उनको भनाई छ ।

पार्टी एकता गरेर आफूले गल्ती नगरेको पनि अध्यक्ष प्रचण्डले बताए । तर केपी ओलीले भनेका केही कुरालाई सजिलै मानिदिनु आफ्नो गल्ती भएको स्वीकार गरे । सरकार निर्माण र पार्टी एकीकरण गर्नुअघि भएका सहमति जस्ताको तस्तै लागू गर्नुपर्ने जोड नदिएर गल्ती गरेको उनको भनाई छ । उनले भने– ‘केपीले हठ गरेपछि पार्टी एकता गडबड होलाकी भनेर कैयौंपटक उदारतापूर्वक उनको कुरा मैले मानिदिएँ त्योबेला मन्न नहुने रहेछ भन्ने परेको छ मलाई । अध्यक्षको आलोपालो उही बेला छोड्दिन म यहाँ सही तिमीले गर्ने अनि मलाई दुई नम्बर बनाउने भन्न पर्ने रहेछ । उनले जे भए नि कमरेड मैले तीनवटा भोटा बढी फटाएको छु अहिले म प्रधानमन्त्री छु कमरेड भनेर मिठोसँग भनेपछि म पग्लिए । मेरो त्यही गल्ती हो । नियतमा गल्ती त होइन अब यस्तो भए म । के गर्ने अब यस्तै भइयो । अहिले म फर्केर हेर्दा त्यसो नगर्न पर्ने रहेछ । भएको सहमति जस्ताको तस्तै लागू हुनुपर्छ नत्र मान्दिन भनेर भनेको भन्यै गरेको भए सायद यस्तो हुँदैन थियो की भन्ने मलाई परेको छ । ’

यस्तै दोस्रो गल्ती आफ्नै संगठन भित्रका कार्यकर्ता र जनतालाई ध्यान नदिनु पनि रहेको अध्यक्ष प्रचण्डले स्वीकारे । आफ्नै संगठनभित्र रहेका सहिद परिवार, घाइते अपाङ्ग, बेपत्ता परिवारसँग सम्बन्ध बलियो नबनाई अर्काको पछि लाग्दा अहिले दुःख पाएको पनि उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले दुई पार्टीको बिचमा लभ परिरहेको बेला अदालतले पार्टी विघटन गरिदिदा अहिलेको अवस्था आएको बताए । पुस ५ गतेको कदमपछि प्रधानमन्त्री ओलीलाई पार्टीबाट, संसदीय दलबाट कारबाही गरी निकालेको अवस्थामा फेरी अदालतले पार्टी नै विघटन गरेर पुरानै अवस्थामा पु¥याईदिदा समस्या भएको बताए । तर नेकपाका माधवकुमार नेपाल, झलनाथ खनाल समूहसँग आफ्नो गहिरो माया पिरती भइरहेको बेलामा सार्वोच्च अदालतले डिभोर्स गराईदिदा अहिले दुःख भइराखेको बताए ।

आफूहरुले आदालतको फैसलालाई अप्राकृतिक र अव्यवहारीक भनेको पनि अध्यक्ष प्रचण्डले बतए । अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काइदिएपनि कम्युनिष्ट एकता अहिलेको आवश्यकता भएको उनको भनाई छ । तर त्यस्तो एकता अब पार्टीलाई बलियो बनाएपछि मात्रै सम्भव हुने उनको तर्क छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);