कर्णालीमा नयाँ सरकार बनाउन एमालेको गृहकार्य तिब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कर्णालीमा नयाँ सरकार बनाउन एमालेको गृहकार्य तिब्र

Mahendra-Bahadur-Shahi

काठमाडौं, ३१ चैत । कर्णालीमा माओवादी केन्द्र नेतृत्वको सरकार ढल्ने समय नजिक आएको छ ।

माओवादी सरकार ढल्ने पक्का भएसँगै नेकपा एमालेले नयाँ सरकार गठनको गृहकार्य तिब्र पारेको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नै कर्णालीमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का भइसकेको थियो ।

मुख्यमन्त्री शाहीले राजीनामा दिनासाथ सरकार गठनको काम थालिने एमाले सचेतक गुलाबजंग शाहले जानकारी दिए । एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने यसअघि नै बताइसकेको छ ।‘कानुन अनुसार मुख्यमन्त्री शाहीले राजीना दिन बाँकी छ, उहाँले राजीनामा दिएपछि यमलाल कंँडेलको नेतृत्वमा सरकार बनाउँछौं, यसका लागि गृहकार्य तिब्र पारिएको छ’ – शाहले भने ।

मुख्यमन्त्री शाहीले प्रदेश सभाको फेस गर्ने र पहिले नै राजीनामा नदिने बताइरहेका छन् । तर, एमालेका सांसद्ले फ्लोर क्रस गरे मात्र शाहीको बहुमत पुग्ने देखिन्छ । एमालेका सांसद् एक ढिक्का भइसकेका छन् । माधवगुटले धोका दिए बर्खास्त गर्ने एमालेले बताइसकेको छ ।

कँडेलको नेतृत्वमा सरकार बने पनि सबैको चित्त बुझाउन भने एमालेलाई सहज भने छैन । माधव गुटका ९ सांसद्मध्ये केही सांसद् मन्त्री पदका तिब्र आकांक्षी देखिएका छन् । माधव गुट छाडेर सस्ंथापनतिर लाग्नुभएका दुई जना सांसद्ले पनिमन्त्रीको दाबी गरेको स्रोत बताउँछ । अरु राजनीतिक दलहरुलाई पनि मिलाएर लैजाने पक्षमा एमाले छ ।

नयाँ सरकार गठन गर्नुअघि कांग्रेस र माओवादीसँग छलफल गरिने सचेतक शाहले बताए । ‘जनताको सरकार बनाउन सबै दलसँग सहकार्य गर्छौं, सरकार गठन गर्नुपूर्व माओवादी र कांग्रेससँग पनि छलफल गर्छौं, उहाँहरुका कुरा पनि सुन्छौं’ – शाहले भने ।

सरकार बनाउन एमालेसँग स्पष्ट बहुमत छ । ३९ सदस्यीय कर्णाली प्रदेश सभामा एमालेसँग २० सांसद् छन् । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । बहुमत पुगेपनि अन्य पार्टीसँग सहकार्य गर्न सक्ने एमालेको निष्कर्ष छ ।

आइ एन ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);