मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने दबाब

Mahendra-Bahadur-Shahi

काठमाडौं, २० चैत । कर्णाली प्रदेश सरकार यतिबेला संकटमा परेको छ । माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिए पछि संकट सुरु भएको हो ।

मुख्यमन्त्री शाही प्रदेश संसदमा विश्वासको मत लिनुपर्ने अप्ठेरो परिवन्दमा फसेका छन् । कर्णाली प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । चैत ४ मा एमालेले औपचारिक रुपमै समर्थन फिर्ता लिएपछि ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाको पासोमा प्रदेश सरकार परेको हो ।

एमालेले समर्थन फिर्ता लिएको आगामी बैशाख ३ गते ३० दिन पुग्दैछ । अन्तिम घडी नजिकिँदै जाँदा मुख्यमन्त्री शाहीले विश्वासको मत जुटाउने कुनै परिपञ्च मिलाउन सकेका छैनन् ।

४० सदस्यीय कर्णाली प्रदेश संसदमा सरकार बनाउन २१ जना सांसद चाहिन्छ । प्रदेशमा माओवादीका १३ जना सांसद छन् । ती मध्ये धर्मराज रेग्मी एमाले प्रवेश गरेपछि बहुमत जुटाउन एमालेको सहयोग बिना सम्भव नै छैन ।

एमालेले समर्थन फिर्ताको निर्णय कायमै राखे मुख्यमन्त्री शाहीलाई बहुमत जुटाउन लगभग असम्भव देखिन्छ ।

माओवादीकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक सिता नेपालीले एमालेको माधव गुटले सहयोग गर्ने बताएका छन् । उनले शनिबार आफ्नो पार्टीको बैठकमा सो विषयमा छलफल हुने समेत बताएकी छिन् । ‘कानुनी प्रक्रिया मात्र हो, विश्वासको मत प्राप्त हुन्छ, हामी छलफल गरिरहेका छौँ ।’ – प्रमुख सचेतक नेपालीले भनिन् ।

मुख्यमन्त्री शाहीले पनि एमालेको नेपाल गुटलाई आफ्नो पहिलो र अन्तिम विकल्पको रुपमा लिएका छन् । माधव नेपाल गुटसँग प्रदेशमा ९ प्रदेशसभा सदस्य छन् । केन्द्रमा शीर्ष नेताहरुलाई कारबाही भईरहँदा ‘फ्लोर क्रस’ गर्दैनन् भन्ने एमालेको बुझाई छ ।

शनिबार माओवादी केन्द्र र आइतबार एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेको बैठकमा माधव गुटका सदस्यहरु आएपनि प्रकाश ज्वालालाई मुख्यमन्त्रीको प्रस्ताव गर्ने स्रोतको दाबी छ । यता संस्थापन पक्ष भने नयाँ सरकारको गठनको विषयमा छलफल गर्ने एमाले प्रमुख सचेतक गुलाबजंग शाहले बताए । उनले दलको नेता यमलाल कँडेल भएकाले उनको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरे । ‘पार्टीको समूह, गुट भन्ने केही छैन, संसदीय दलले गरेको निर्णय मान्ने हो, माओवादी सरकार ढल्ने निश्चित छ ।’ – उनले भने ।

यस्तो छ, अंकगणित
कर्णाली प्रदेशसभामा ४० जना सदस्य छन् । २० प्रदेशसभा सदस्य सहित एमाले सबैभन्दा ठूलो दल छ । एमालेका राजबहादुर शाही सभामुख छन् । माओवादी केन्द्रका १३ जना मध्ये धर्मराज रेग्मी एमाले प्रवेश गरेका छन्। नेपाली कांग्रेससँग ६ र राप्रपासँग एक सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);