कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई विश्वासको मत

Mahendra-Bahadur-Shahi

काठमाडौं । कर्णाली प्रदेशका मुख्मन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको छ। । शुक्रबार प्रदेशसभामा पेश भएको विश्वासको मतका लागि आवश्यक संख्या पुगेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । प्रस्तावको पक्षमा २२ मत परेको थियो ।

एमाले र माओवादी केन्द्र सर्वोच्चको आदेश अनुसार ब्युतिएपछि प्रदेशमा नयाँं समीकरणको प्रयास भएको थियो। सो अनुसार सरकारमा रहेका एमालेका मन्त्रीहरुले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि शाही अल्पमतमा परेका थिए।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक थियो ।

शुत्रबार भएको मतदानमा शाहीको पक्षमा कांग्रेसका ६ र माओवादी केन्द्रका १२ गरी जम्म राप्रपाका १ र एमालेको ३ जनाको गरी २२ मत परेको थियो। प्रदेशसभामा सभमुखको मत गणना हुदैन। सो प्रस्तावको पक्षमा एमालेका चार साँंसदले फ्लोरक्रस गरेको अनुमाना छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);