मुख्यमन्त्री भट्टले पाए विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले आज प्रदेश सभाबाट विश्वासको मत पाउन सफल भएका हुन् । उनले ३० मत प्राप्त गरेका हुन् ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत पाउन २७ मतको जरुरी थियो । उनको प्रस्तावको विपक्षमा भने ९ मत परेका थिए । मतदानमा १२ सदस्य भने अनुपस्थित रहेका थिए ।

प्रदेशसभामा नेकपा एमालेका सभामुख सहित २५ सदस्य रहेका छन् भने माओवादी केन्द्रका १३ , नेपाली कांग्रेसका १२ र जसपाका २ सदस्य रहेका छन् । भट्टको प्रस्तावको पक्षमा उनकै पार्टी माओवादी केन्द्रका १३ सदस्य र नेपाल पक्षका एमालेका १७ सदस्यले मतदान गरेका थिए ।

नेकपा एमालेको प्रदेश कमिटीले भट्टको विपक्षमा मतदान गर्न निर्देशन दिएपनि मंगलबार बिहान बसेको एमालेको प्रदेश संसदीय दलको बैठकले उनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी नेपाली कांग्रेसले भने आवश्यक परेको खण्डमा पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तर मतदानमा भने कांग्रेस तटस्थ बसेको थियो । कांग्रेसका १२ प्रदेशसभा सदस्यले पक्ष र विपक्ष दुवैमा मतदान गरेनन्।

एमालेका ओली पक्षका ७ र जसपाका २ प्रदेशसभा सदस्यले उनको विपक्षमा मतदान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);