फ्लोर क्रस गरेर एमालेका सांसदले हामीलाई विश्वासको मत दिन्छन् – ठम्मरबहादुर बिष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

फ्लोर क्रस गरेर एमालेका सांसदले हामीलाई विश्वासको मत दिन्छन् – ठम्मरबहादुर बिष्ट

काठमाडौं, २५ चैत । माओवादी केन्द्रका कर्णाली प्रदेश सांसद ठम्मरबहादुर विष्टले एमालेकै सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर साहीलाई विश्वासको मत दिने दाबी गरेका छन् ।

विष्टले भने– ‘राजनीति सम्भावनाको खेल हो, नेकपा एमाले सांसदले हामीलाई मत दिन सक्छन् ।’ ‘मुख्यमन्त्रीले राजीनामा दिने कुनै सम्भावना छैन, सरकारले विश्वासको मत लिन्छ’ ।

चैत ४ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमाले बाहेकका सबै दल एक हुँदा पनि मुख्यमन्त्रीलाई जोगाउन सक्दैनन् ।

सरकार बनाउन २१ जना सांसदको समर्थन चाहिन्छ । प्रदेशसभामा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६, राप्रपाका एक जना सांसद छन् । यस्तो अवस्थामा मुख्यमन्त्री साहीलाई सरकार बनाउन २१ जना सांसद चाहिन्छ र एमाले बाहेक सम्पुर्ण दलको गठबन्धन भएपनि साहीको पक्षमा बहुमत नपुग्ने पक्कापक्की छ ।

शाहीको सरकार बचाउन एमाले सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिनुपर्ने हुन्छ । फ्लोर क्रस गरेर विश्वासको मत दिए यसरी मत दिने एमाले सांसदको पद नै धरापमा पर्छ ।
आइ.एन.ए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);