फ्लोर क्रस गर्ने एमालेका चार जनाले गुमाए सांसद पद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फ्लोर क्रस गर्ने एमालेका चार जनाले गुमाए सांसद पद

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सभाका आफ्ना चार जना सांसदलाई पद मुक्त गरेको छ ।

सोमबार बसेको कर्णाली प्रदेशको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले एमालेका चार जना सांसदको पद रिक्त रहेको घोषणा गरेको हो । सांसद पद रिक्त हुनेमा गत वैशाख ३ गते भएको मतदानमा पार्र्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गर्ने सदस्यहरु रहेका छन् ।

नेकपा एमालेका कर्णाली प्रदेश सभाका चार जना सांसदको पद रिक्त भएको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गर्दै महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिने चार जना एमाले सांसदको पद रिक्त भएको हो । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले चारै जनाको सांसद पद सोमबारदेखि लागु हुनेगरी खारेज भएको घोषणा गरेको छ ।

एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सभाको बैठमा बोल्दै पार्टीभित्र फरक मत राख्ने विकल्प भएपनि पार्टीको ह्वीप उल्लंघन गर्न नसकिने बताए । फ्लोर क्रस गर्दा कुनै व्यक्तिलाई रमाइलो लागे पनि त्यो राजनीतिक अपराध भएको उनको भनाइ छ ।

वैशाख ३ गते प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा एमालेका चार जना सांसदले फ्लोर क्रस गर्दै पक्षमा मतदान गरेका थिए । सोहीलाई आधार बनाएर गत शुक्रबार बसेको एमालेको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठकले ती सांसदको पदमुक्त गर्ने निर्णय गरेको थियो । कुल ४० सदस्य रहेको कर्णाली प्रदेशमा एमालेले आफ्ना चार सांसदलाई पदमुक्त गरेसँगै कर्णाली प्रदेश सभामा अब ३५ सदस्य मात्र रहेका छन् । यसअघि दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पनि धर्मराज रेग्मीलाई पदमुक्त गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);