बहालवाला मुख्यमन्त्रीलाई प्रस्तावित मुख्यमन्त्रीको आरोप नै आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बहालवाला मुख्यमन्त्रीलाई प्रस्तावित मुख्यमन्त्रीको आरोप नै आरोप

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ । अविश्वास पेस गर्दै प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि आरोपको वर्षा गराएको छ ।

सोमबार बसेको विशेष अधिवेशनको पहिलो बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले सदनमा प्रस्ताव पेस गरेको हो । कृष्णचन्द्रले भने ‘प्रधानमन्त्रीले गरेको संसद् बिघटनको असंवैधानिक कदम विरुद्ध हामी प्रतिवादमा उत्रिएपनि हाम्रा सरकार प्रमुख पृथ्वी सुब्बा गुरुङले साथ दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा गण्डकी सरकार मतियार बन्यो ।’

नीति तथा कार्यक्रममा प्रदेश सरकार चुकेको बताउँदै कृष्णचन्द्रले भने ‘जनताले ठूलो अपेक्षा साथ पृथ्बीसुब्बालाई मुख्यमन्त्री बनाएका थिए । गण्डकीलाई नमुना १ नम्बर प्रदेश बनाउन करिब दुईतिहाइ मत जनताले दिएका थिए तर उहाँ चुक्नुभयो ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएपछि विश्वासको मत लिनुपर्नेमा अनावश्यक चलखेल गरेको आरोप समेत कृष्णचन्द्रले लगाए । ‘दल विभाजन हुँदा विश्वासको मत लिनुभएन । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिँदा पनि मुख्यमन्त्री सत्तामा टाँस्सिन खोज्नुभयो । त्यसैले उहाँको विकल्प खोजेका छौं’ कृष्णचन्द्रले भने।

कोरोना महामारी उत्कर्षमा पुग्दा पनि प्रदेश सरकारले केही गर्न नसक्नु सरकारको असक्षमता र अकर्मण्यता भएको कृष्णचन्द्रले दावी गरे । पृथ्बीसुब्बा रहे जनतमा वितृष्णा छाउने भन्दै गण्डकी प्रदेशलाई विकासमा पछि पर्न नदिन संविधान बमोजिम अविश्वासको प्रस्ताव दर्ता गरेको उनले बताए।

कृष्णचन्द्रले तीन दलको समर्थनमा अविश्वासको प्रस्ताव दर्ता भएको जानकारी गराए । उनले २८ जना सांसदको विशेष अधिवेशनको माग गर्न हस्ताक्षर रहेको बताए। राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको पक्षमा मतदान गर्ने विश्वास कृष्णचन्द्रले व्यक्त गरे।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले अविश्वासको प्रस्ताव टेबुल गर्न विशेष अधिवेसनको माग गरेको थिए ।

आइएनए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);