जनमोर्चाले साथ छोडेपछि गुरुङको कुर्सी धरापमा, कृष्ण चन्द्र नयाँ मुख्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जनमोर्चाले साथ छोडेपछि गुरुङको कुर्सी धरापमा, कृष्ण चन्द्र नयाँ मुख्यमन्त्री

काठमाडौं। राष्ट्रिय जनमोर्चाले साथ छाड्ने भएपछि गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सत्ता धरमराएको छ ।

बुधबार आन्तरिक छलफलमा जुटेका कांग्रेस, माओवादी र जसपाले जनमोर्चाकोसमेत साथ पाउने भएपछि बिहीबारै अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् । यी सबै दलका अधिकांश सांसद पोखरामै छन् । जनमोर्चाको समर्थनले नयाँ सरकार बन्छ भने पृथ्वी सुब्बा नेतृत्वको सरकार ढल्छ । अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् ।

त्यसैगरी कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद गण्डकी प्रदेश सभामा छन् । नयाँ सरकार गठनको पक्षमा उभिएका दललाई जनमोर्चाले पनि साथ दिएपछि सदस्य संख्या ३२ पुग्छ । माओवादीका एक जना सांसद सभामुख भएकाले पृथ्वी सुब्बाको विपक्षमा बहुमत ३१ जना पुग्ने भएको छ ।

नयाँ सरकार गठन गर्न एकै ठाउँ उभिएका दलले संसद सचिवालयमा बिहीबार बिहान अविश्वासको प्रस्ताव दर्ता गराउने गरी ११ बजे जम्मा हुन लागेको बताइएको छ ।

सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ । सबैभन्दा सुरक्षित मानिएको गण्डकी प्रदेशको सरकार सबैभन्दा पहिला ढल्ने निश्चित भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);