मुख्यमन्त्री गुरुङद्धारा गण्डकी प्रदेशसभा संसद अधिवेसन स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

मुख्यमन्त्री गुरुङद्धारा गण्डकी प्रदेशसभा संसद अधिवेसन स्थगित

काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा गण्डकी प्रदेश सभाको चालु अधिवेसन अन्त्य गरिएको छ । आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले संसद अधिवेसन नै अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेसन अन्त्य गरिएको सूचना प्रदेशसभा सचिवालयमा पठाइएको छ ।

गएको चैत २५ गतेबाट सुरु भएको अधिवेसन बैशाख ६ गते सम्मका लागि स्थगित गरिएको थियो ।

गण्डकी प्रदेशमा प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले मिलेर सरकार ढाल्ने कसरत चलिरहेको छ । यस कसरतमा जनमोर्चाले पनि साथ दिने भए पछि मुख्यमन्त्री गुरुङको सरकार ढल्ने निश्चित प्राय भएको थियो । आज नै उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कार्यक्रम रहेको थियो । तर संसद अधिवेसनको अन्त्य गरी मुख्यमन्त्री गुरुङ अविश्वास प्रस्ताव दर्ता हुनबाट बचेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । त्यसैगरी कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद गण्डकी प्रदेश सभामा छन् । नयाँ सरकार गठनको पक्षमा उभिएका दललाई जनमोर्चाले पनि साथ दिएपछि सदस्य संख्या ३२ पुगेको थियो । माओवादीका एक जना सांसद सभामुख भएकाले पृथ्वीसुब्बाको विपक्षमा बहुमत ३१ जना पुग्ने भएको थियो ।

अधिवेसन अन्त्य गरिए पछि विपक्षी दलहरुले भने विशेष अधिवेसन बोलाउनका लागि तयारी थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);