गण्डकीमा प्रदेश सभाको विशेष अधिवेशन बोलाउ : तीन दल | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

गण्डकीमा प्रदेश सभाको विशेष अधिवेशन बोलाउ : तीन दल

काठमाडौं । गण्डकीमा नेपाली कांग्रेससहितका तीन दलले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गर्ने भएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका बेला प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले विशेष अधिवेशनको माग गर्न लागेका हुन् ।

अविश्वास प्रस्ताव छल्न प्रदेश सरकारले अधिवेशन अन्त्य गरेपछि विशेष अधिवेशन माग गर्न लागिएको कांग्रेस सांसद दिपक कोइरालाले जानकारी दिए । अब कसरी अगाडि बढ्ने रणनीति बनाउन अहिले कांग्रेस, माओवादी केन्द्र र जनता जसपाको संयुक्त बैठक बसिरहेको कोइरालाले बताए ।

उनले भने ‘प्रदेशसभा अधिवेशन अन्त्य गर्ने निर्णय सरकारको हठात् मानसिकता हो, तीन–चार दिनमा अधिवेशन अन्त्य गर्ने यो सरकारको विकल्प खोज्छौं ।’

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली गण्डकीको भावी मुख्यमन्त्री बन्ने बताउँदै कोइरालाले भने–‘नेपालीको नाममा सहमति जुटिसक्यो, जनमोर्चाले पनि हामीलाई साथ दिन्छ तर सरकारमा जाँदैन ।’

मुख्यमन्त्री गुरुङविरुद्ध बिहीबार दिउँसो अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी ती दलहरुको थियो । तर, प्रदेश सरकारले बुधबार मध्यरातदेखि नै लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ।

गण्डकी प्रदेशमा ६० जना सांसद् छन् । एमालेका मात्रै २७ सांसद् छन् । तीमध्ये स्वतन्त्र सांसद् दिपक मनाङ्गे मुख्यमन्त्री गुरुङकै पक्षमा छन् । सरकारमा टिक्न एमालेलाई थप तीन सांसद चाहिन्छ । प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद छन् ।

एमाले नेतृत्वको सरकार ढाल्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य चार दल एक ठाउँ उभिएको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);