लुम्बिनीमा अविश्वास प्रस्ताव दर्ताविरुद्ध एमालेद्धारा सर्वोच्चमा रिट दायर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लुम्बिनीमा अविश्वास प्रस्ताव दर्ताविरुद्ध एमालेद्धारा सर्वोच्चमा रिट दायर

काठमाडौं । लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावविरुद्ध सत्ता पक्ष एमालले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता गर्न माग गर्दै एमाले सर्वोच्च अदालत पुगेको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिसकेका छन् । एमालेका तर्फबाट लुम्बिनी प्रदेश अध्यक्ष सांसद लिला गिरीले रिट दायर गरेका हुन् । रिटमाथि सुनुवाइका लागि मंगलबार पेशी तोकिएको छ ।

उक्त रिटको प्रारम्भिक सुनुवाइको लागि भोलिलाई पेशी तोकिएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने र प्रदेश सभाको विशेष अधिवेशन रोक्नुपर्ने रिटमा माग गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री पोखरेल विरुद्ध यो तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);