लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

विपक्षी गठबन्धनले ३४ सांसदहरुको हस्ताक्षर सहित मुख्यमन्त्री पोखरेल विरुद्ध मंगलबार अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएको हो । संविधानको धारा १६८ को १ अनुसार एकल बहुमतको आधारमा बनेको सरकार अल्पमतमा रहेकाले विश्वास नभएको प्रस्तावमा उल्लेख गरिएको छ ।

प्रदेशसभा सचिवालयनका सचिव दुर्लभकुुमार पुनले अविश्वासको प्रस्ताव बुझेका हुन् ।

विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

मुख्यमन्त्री पोखरेल विरुद्ध आज तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको हो ।

यसअघि पोखरेलविरुद्ध बैशाख ६गते अविश्वास प्रस्ताव दर्ता गरिए पछि प्रस्ताव प्रक्रियामा जानुअघि नै मुख्यमन्त्रीले राजीनमा दिएका थिए । त्यसपछि विवादका बीच प्रदेश प्रमुख धर्मनाथ यादवले ठूलो दलको हैसियतले पुन पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।

बैशाख २६मा विपक्षी गठबन्धनले दोश्रोपटक अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर त्यसबेला प्रदेश प्रमुखले औचित्य नरहेको भन्दै खारेज गरिदिएका थिए ।

विपक्षी गठबन्धनले मंगलबार नै प्रदेश प्रमुखसँग प्रदेशसभाको विशेष अधिवेशन माग गर्ने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);