महेश बस्नेतले संसदमा यसरी कवितात्मक शैलीमा गरे सरकारको खरो टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

महेश बस्नेतले संसदमा यसरी कवितात्मक शैलीमा गरे सरकारको खरो टिप्पणी

जनादेश विनाको सरकार चल्ला जस्तो देखिएन । अब जनता भन्दैछन्, केपी बा आइ लभ यू ।

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बस्नेतले सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाएका हुन् ।

त्यस्तै नेता बस्नेतले सरकारले खोपको दुरुपयोग गरेको प्रति कवितात्मक शैलीमा खरो टिप्पणी गरे । उनले वर्तमान सरकार चल्ने जस्तो नदेखिएको पनि बताए ।

उनले भने– ‘एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे ।
सरकार भन्छ मौन बस, समाचार नबनाउ ।
प्रधानमन्त्री भन्नुहुन्छ खोप, खोप, खोप ।
कांग्रेसको मेयरको घरमा खोप । उपसभापतिको घरमा खोप ।
होटलमा सत्ता पक्षको कार्यकर्तालाई खोपै खोप, जनता दिनभरी लाइनमा खोप न सोप ।
बिचरा सरकार व्यापारी मन्त्री बनाउँछ ।
दक्ष सचिव फेर्छ । बिर हस्पिटलको एमडी फेर्छ ।
स्वास्थ्य माफियालाई संरक्षण गर्छ ।
देशभर बाढी पीडित जनता राहत पाइनँ भनेर कराउँदछन् ।
कांग्रेसका विपक्षीहरु मन्त्री नपाए सरकारमा जान्न भन्दैछन् ।
कांग्रेसका वडा अध्यक्षहरु नगरपालिकाको कार्यालय फोड्दै छन् ।
माओवादी, जसपा भन्दैछ मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए ।
दिमागमा आतंक ल्याए, भुकम्प ल्याए ।
परमादेशबाट बनेको सरकार तिन हप्ता भएछ मन्त्रीमण्डल गठन भएन, न्यूनतम साझा कार्यक्रम आएन ।
प्रधानमन्त्री अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनुस् ।
फलानो पार्टीका फलानो मन्त्रीलाई मन्त्री बनाइँपाउँ भनेर परमादेश जारी गराउनुस् ।
नत्र जनादेश विनाको सरकार चल्ला जस्तो देखिएन । अब जनता भन्दैछन्, केपी बा आइ लभ यू ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);