सरकारका सबै कूटनीतिक प्रयासहरु असफल भएको टिप्पणीः कांग्रेस नेता जितेन्द्र नारायण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकारका सबै कूटनीतिक प्रयासहरु असफल भएको टिप्पणीः कांग्रेस नेता जितेन्द्र नारायण

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन्

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले वर्तमान सरकार खोप ल्याउने कुरामा पूर्ण असफल भएको दाबी गरेका हुन् । वर्तमान सरकार कमिसन एजेण्टहरुको घेराउमा परेको दाबी गर्दै उनले कमिसनमा कुरा नमिलेका कारण कोभिडशिल्ड खोप आउन नसकेको पनि बताएका छन् ।

अपरिपक्क कूटनीतिका कारण सरकारका सबै कूटनीतिक प्रयासहरु असफल भएको टिप्पणी समेत गरेका छन्। उनले सरकारको गलत नीतिका कारण परराष्ट्रमन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गरेका छन्।

उनले दक्षिण एशियाको सन्र्दभमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको , भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्र्तगत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भईरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिदै सरकार किन फेल खायो भन्दै प्रश्न गरेका छन् ।

त्यस्तै उनले बैदेशिक नीतिको संञ्चालन कच्चा ढंगले गरेकाले नेपाल अहिले एउटा देशसंगको सम्बन्धमा गएर सिमित भएको बताएका छन्। कोरोना महामारी विश्वव्यापी समस्या भएको भन्दै नेपाली कांग्रेसले रोकथाम, नियन्त्रण लगायत कार्यमा सहयोग गर्न सधै तयार रहेको उनको तर्क छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);