सरकारको बारेमा अनर्गल प्रचार नगर्न प्रतिपक्षलाई जितेन्द्र नारायण देवको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारको बारेमा अनर्गल प्रचार नगर्न प्रतिपक्षलाई जितेन्द्र नारायण देवको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको मत र सर्वोच्च अदालतको फैसलाको सम्बन्धमा राष्ट्रिय सभाका सदस्यहरुले आआफ्नै दाबी गरेका छन् ।

राष्ट्रिय सभा बैठकको बुधबारको बैठकको विशेष समयमा बोल्ने सदस्यहरुले सरकार गठनका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला र प्रधानमन्त्रीका लागि देउवाले प्राप्त गरेको मतका बारेमा आ आफ्ना दाबी गरेका हुन् ।

बैठकमा सत्तारुढ दलका राष्ट्रिय सभा सदस्यले विपक्षी दलका राष्ट्रिय सभा सदस्यलाई आफ्नो जनमत खण्डित भएकोमा कुण्ठा, पीडा र पूर्वाग्रह नपोखी सरकारलाई रचनात्मक सहयोग गर्न सुझाव दिएका छन् ।

विपक्षी दलका राष्ट्रिय सभा सदस्यले भने प्रधानमन्त्री देउवाले पाएको १६५ मतलाई नयाँ जनमतको रुपमा समर्थन गर्न नसकिने भन्दै पार्टी निर्णय बिनाका सांसदहरुको मत अदालतको परमादेशलाई पुष्टि गर्ने नक्कली प्रमाण मात्रै भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले वर्तमान सरकारका बारेमा अनर्गल प्रचार नगर्न विपक्षीहरुलाई सचेत गराए । उनले परमादेशबाट बनेको सरकार भन्ने प्रचार गरिएको प्रति पनि आपत्ती जनाए । उनले वर्तमान सरकार संविधानको धारा ७६(५) अनुरुप बनेको र राष्ट्रपतिबाट नियुक्त भएर पनि संसदको विश्वासको मत पाइसकेकाले अनर्गल प्रचार नगर्न ध्यानाकर्षण गराए ।

सदस्य देवले वर्तमान सरकारले विश्वासको मत लिइसकेपछि हिजो अरुले पाएको जनमत खण्डित भएको भन्दै कुण्ठा, पीडा, पूर्वाग्रह र अज्ञानताबाट माथि उठ्न प्रतिपक्षलाई आग्रह गरे । उनले भने – ‘तपाईहरु भोलिदेखि नउठाउनुस् । परमादेशबाट सरकार आयो । कहीँ दुनियाँमा यस्तो भएन, कहीँ दुनियाँमा भएन नेपालमा हुन सक्छ र नेपालमा भयो । त्यसकारणले धारा १०० को व्यवस्था यो हामीले ग¥यौँ । ७६(५) हामीले किन राख्यौँ ? ७६(५) विशेष व्यवस्था हो । संविधानले नै (५) भनेको पार्लियामेन्टको सुप्रिमेसीको, सर्वोच्चताको धारा हो भनेर स्थापित गरेको छ । के को लागि भन्दा १२ वर्षमा ४ चोटी संसदको विघटन भएको थियो । ’

सदस्य देवले नेपालको संसदीय प्रणाली परम्परागत संसदीय प्रणालीमा सुधारिएको प्रणाली भएकाले त्यसलाई सत्तापक्ष, प्रतिपक्षले मनन गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);