खोपमा कमी आउन नदिन सांसद अधिकारीद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

खोपमा कमी आउन नदिन सांसद अधिकारीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कोरोना विरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण गराएको छ । आइतबारबाट सुरु भएको राष्ट्रिय सभाको नवौं अधिवेशनको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारसँग आग्रह गरेका हुन् ।

त्यस्तै उनले मनसुनी वर्षासँगै आएको बाढि, पहिरो र डुबान प्रभावितहरुका लागि तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।

सांसद अधिकारीले मुलुकमा सुशासन र समृद्धि ल्याउने गरी कानुन निर्माण गर्नुपर्ने, सत्तापक्ष, प्रतिपक्ष सबै दलले हातेमालो गरेर आवश्यक्ता अनुसार संविधान संशोधन गर्दै लैजानुपर्नेमा अधिकारीले जोड दिएका छन् ।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै संघीय संसद अन्तरगतको राष्ट्रिय सभाको नवौं अधिवेशन सुरु भएको हो ।

बैठकको शुभारम्भ गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वानका सम्बन्धमा गत असार ३१ गते पढाउनु भएको पत्र पढेर सुनाए, “नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संम्वत् २०७८ साउन ३ गते आईतबार दिनको १६ः०० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको छु ।”

त्यसै गरी बैठकमा सर्वोच्च अदालतको परमादेश अनुसार प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेको र प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्रीहरु नियुक्त गरिएको सम्बन्धमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पनि अध्यक्ष तिमिल्सिनाले पढेर सुनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);