काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण हुन नदिने षड्यन्त्र भएको सांसदको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण हुन नदिने षड्यन्त्र भएको सांसदको आरोप

काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभाका सांसदहरुले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण हुन नदिन गम्भिर षड्यन्त्र भईरहेको दावी गरेका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले सो द्रुतमार्गको जग्गाको मुआब्जा सम्बन्धि समस्या जबरजस्त खडा गरि दिएर निर्माण हुन नदिन षडयन्त्र भईरहेको बताएका हुन् ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले विज्ञहरुसँग सुझाव लिएर सो द्रुतमार्गको प्रस्थान विन्दु खोकना र बुङमतीको जग्गाको मुआब्जामा देखिएको असन्तुष्टि तत्काल सम्बोधन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

१ अरव ७० करोड जग्गाको मुआब्जा वितरण भएपछि सो सम्बन्धि समस्या आउनुको कारणको खोजी गर्न पनि सरकारलाई काँग्रेस सांसद सिंहको आग्रह छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले पनि खोकना र बुङमतीको जग्गाको मुआब्जा सम्बन्धि विवाद समाधान गर्न प्रधानमन्त्री केपी ओलीको गम्भिर ध्यानाकर्षण गराइन् । उनले द्रुतमार्ग निर्माण गर्दा स्थानीय धार्मिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षण गर्नुपर्ने आवश्यक्तामा जोड दिइन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सो द्रुतमार्ग निर्माणको लागत बढ्न जाने देखिएको भन्दै त्यसमा सचेत रहन सरकारलाई आग्रह गरे । उनले देशको सन्तुलित विकास गर्न ध्यान दिन पनि सरकारसँग आग्रह गरे ।

सांसद सुवालले सो द्रुतमार्ग निर्माणमा खर्चको लागत बढ्न जाने र त्यसले राम्रो परिणाम नदिने बताए । नेपाली सेनाले निर्माण कार्य अघि बढाएको सो राष्ट्रिय गौरवको आयोजनाको अनुमानित लागत १ खरव १६ अरव रहेको छ । सांसद सुवालले सो द्रुतमार्ग निर्माणको लागत बढेर २ खरव पुग्ने अवस्था देखिएको उल्लेख गर्दै सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);