नेपाली कांग्रेसको महासमिति बैठक शुक्रबारदेखि राजधानीमा शुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली कांग्रेसको महासमिति बैठक शुक्रबारदेखि राजधानीमा शुरु हुँदै

nepali congress

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठक भोलिदेखि राजधानीमा शुरु हुँदैछ । महासमितिको बैठक मार्फत कांग्रेसले आफ्नो पुरानो विधानलाई संघीय संरचनामा बदल्दैछ ।

पार्टीको केन्द्रीय महाधिबेसन भएको बर्ष बाहेक प्रत्येक बर्ष महासमिती बैठक बस्नुपर्ने कांग्रेसको बिधानमा उल्लेख छ । यो बर्ष महासमिती बैठक महाधिबेसनको भएको ३ बर्ष पछी बस्दैछ ।

महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा बस्दैछ । यो महासमिती बैठक निकै आर्थपूर्ण र महत्वपूर्ण मानिएको छ । महत्वपूर्ण यस अर्थमा कि पार्टीका संस्थापक नेता विपी कोइरालाको पालामा बनेको पार्टी विधान यो महासमिति बैठकले परिवर्तन गर्दैछ ।

मुलुक अहिले संघीय संरचनामा गएकोले पार्टीको विधान पनि त्यसै अनुरुप परिवर्तन गरिंदैछ । विधान परिवर्तनकै लागि पार्टीको जारी केन्द्रीय समिति बैठकमा लामो छलफल भइसकेको छ । तर पनि संशोधनमा शीर्ष नेताहरु अझै एकमत हुन सकेका छैनन् ।

विधानको उद्देश्य कांग्रेसको आगामी कार्यदिशाबारे प्रष्टखाका ल्याउनु हो तर नेताहरु विधान मार्फत आआफ्नै स्वार्थ पूरा गर्न लाग्दा संशोधनमा किचलो बढिरहेको छ । छलफलमा किचलो जस्तो देखिए पनि महासमिति बैठकपछि कांँग्रेस सशक्त रुपमा एक ढिक्का भई अघि बढ्ने विश्वासमा नेताहरु देखिन्छन् ।

नेपाली काँग्रेस भित्र पहिलो पुस्ताका नेता जस्तै दोश्रो पुस्ताका नेताहरु पनि महासमिति बैठकपछि नेपाली काँग्रेसले कस्तो दिशा लिएर अघि बढ्ला भन्ने मै देखिन्छन् । जारी केन्द्रीय समिति बैठकमा पार्टीलाई कार्यकर्तामा आधारित बनाउने की जनतामा आधारित बनाउने भन्नेमा बहस चलेको छ ।

काँग्रेस भित्र युवा नेताको छवि बनाएका नबिन्द्रराज जोशि कांग्रेसलाई मासबेस पार्टीका रुपमा अगाडी लानु पर्नेमा जोड दिन्छन् ।

नेपाली काँग्रेसको महासमिती बैठकमा कांग्रेसका पन्ध्रसय महाधिवेशन प्रतिनिधिको उपस्थिती रहनेछ । महासमिती बैठक मार्फत कांग्रेसको बिधानमा समेत ठुुलो परीवर्तन हुने पार्टीको भनाई छ । सरकारले मनोमानी रुपमा आफ्ना कृयाकलाप बढाउँदै लगेको कांग्रेसको आरोप छ ।

नेपाली कांग्रेसका नेता रामशरण महतले बर्तमान सरकार निरंकुसतामा अगाडी बढेको भन्दै यो महासमिती बैठक पश्चात नेपाली कांग्रेस सरकारका नराम्रा कामको खवरदारी गर्दै शसक्त रुपमा प्रतिपक्षको भुुमिका निभाउने बताए ।

काँग्रेसले लिने भावी दिशामा महासमिती बैठकको विशेष भूमिका हुने गर्छ । कांग्रेसले कुनै राजनीतिक दिशा लिनु पर्यो भने केन्द्रीय समितिले मात्र निर्णय गरेर पुग्दैन । महासमिति बैठकबाट पनि अनुमोदन गराउनु पर्ने हुन्छ । त्यसैले अहिलेको अवस्थामा हुन लागेको काँग्रेसको महासमिति बैठकको बिशेष महत्वको भएकोले यसलाई सबैले अर्थपूर्ण रुपमा हेरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);