कांग्रेसको महासमिति बैठकको तयारी तिब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेसको महासमिति बैठकको तयारी तिब्र

congress

काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसले आगामी मंसिर ५ देखि ९ गतेसम्म हुुने महासमिति बैठकको लागि तयारी तिब्र पारेको छ । वैठकको लागि राजधानीको भृकुटिमण्डपको हल समेत कांग्रेसले बुुक गरिसकेको छ ।

समयमा नेपाली कांग्रेसको महासमिति वैठक वस्दैन कि भनेर स्वयम कांग्रेसकै नेताहरुले आशंका गरिरहेका बेलामा अब भने मंसिर ५ देखि ९ गतेसम्म बैठक बस्ने आधार तय भएको कांग्रेस नेताहरुले जनाएका छन् ।

बैठकमा तत्कालिन २ सय ४० निर्वाचन क्षेत्रबाट निर्वाचन भएर आएका १२सय जना प्रतिनिधि तथा केन्द्रिय समिती सदस्य, बिदेशस्थित जनसम्ंपर्क समिति सदस्य सहित बिदेसी पाहुना गरी कुल १५सय जनाको सहभागिता हुुनेछ । सहभागिहरुले आउने जाने र बस्ने व्यबस्था आफैले गर्नुपर्ने छ ।

लामो समय देखि नेपाली कांग्रेसमा महासमिति बैठक डाक्नको लागि दवाव परिरहेको छ । पार्टी विधान अनुसार नचलेको, देश संघीय संरचनामा गईसकेको अवस्थामा पनि कांग्रेसको पार्टी संरचना संघीय अनुकुल नभएको लगायतका बुँदालाई मुल मुद्धा बनाएर कांग्रेस महासमिति बैठक डाक्नको लागि दवाव परेको थियो ।

यसमाथि कांग्रेसको विधानमा हरेक बर्ष महासमिति बैठक डाक्नु पर्ने वाध्यकारी व्यवस्था पनि छ तर विधानमा भएको यो धाराको पालना भने भएको थिएन । पार्टीको पछिल्लो महाधिवेशनपछि पहिलो पटक महासमिति बैठक बस्दैछ ।

बिगत एक महिना देखी केन्द्रिय समितीको बैठक बस्न सकिरहेको छैन । विधान मस्यौदा समेत पारित नभईसकेको अवस्थामा महासमिती बैठक के हुुने हो भन्ने स्वयम कांग्रेसकै नेताहरुमा पनि कौतुलहता छ ।

कांग्रेस भित्रै पनि सभापति देउवा पक्षधर नेताहरु सभापतिलाई बलियो बनाउनु पर्ने अडानको साथमा विधान मस्यौदामा लागेको देखिन्छ भने पौडेल पक्षधर नेताहरु यसको आवश्यकता नभएको बताइरहेको छन् ।

नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई हेरेर अहिले नै विधानको वारेमा रस्साकस्सी चलिरहेको छ । यस्तै, कांग्रेसमा अर्को महाधिवेशनलाई नै हेरेर यहि महासमिति वैठकमा पार्टी भित्रका बिभिन्न गुट र उपगुटको तिव्र प्रतिस्पर्धा देखिन थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);