नेपाली कांग्रेसको महासमिति बैठक फेरी सर्‍याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपाली कांग्रेसको महासमिति बैठक फेरी सर्‍याे

congress meet

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसको महासमिति बैठक फेरी सरेको छ । २०७२ साल फागुन अन्तिम साता महाधिवेशन गरेको नेपाली कांग्रेसले उसैको विधान अनुरुप पनि यस बेलासम्म दुईवटा महासमिति बैठक गरिसक्नुपथ्यो । तर, एउटा महासमिति बैठक गर्न समेत उसलाई फलामे चिउरा बनिरहेको छ ।

विधि र विधानले तोकेको व्यवस्था कार्यान्वयन गराउन लामो सकसपछि कांग्रेसको महासमिति बैठकको मिति तय भएको थियो । विधानमा रहेको व्यवस्था कार्यान्वयन समेत महाभारत भएको कांग्रेसमा महासमिति बैठकको मितितय हुनुलाई समेत उपलब्धीका रुपमा सार्वजनिक गरिएको थियो ।

तर, गत भदौं ९ गतेको केन्द्रीय समिति बैठकबाट तोकिएको महासमिति बैठक समेत अनिश्चित भएको छ । महासमिति बैठक तोकिएको १५ दिन अघि बसेको केन्द्रीय समिति बैठकले अघिल्लो केन्द्रीय समितिको बैठक उल्टाउँदै महासमिति बैठकको मिति सारेको छ ।

नेपाली कांग्रेका सबै विषयमा निर्णय गर्ने महाधिवेशन पछि निति विधिका विषयमा निर्णय गर्न महासमिति बैठक दोस्रो ठुलो संस्था हो । हरेक निर्वाचन क्षेत्रबाट ५ जनाका दरले प्रतिनिधित्व गर्ने महासमिति बैठकमा विदेशस्थित जनसम्पर्कसमिति, भ्रात्री संगठनका प्रतिनिधि तथा सुवेच्छुक संस्थाका प्रतितिनिधि गरि १५ सय भन्दा बढी सहभागि हुने गर्छन् ।

महासमिति बैठकले कांग्रेसको २०१७ साल देखिको विधानमा आमुल परिवर्तन गर्दै पार्टीलाई संघीय संचनालामा लैजाने लक्ष्य राखेको थियो । संविधान जारी भएको ६ महिनामा महाधिवेशन गरेपनि पनि संघीय संरचनामा जान नसकेको कांग्रेसमा महासमिति बैठकसँगै संघीय संरचनामा जान ढिलाई भइरहेको छ ।

नेपाली कांग्रेसको विधानमा नैं महाधिवेशन भएको वर्ष बाहेक हरेक वर्ष महासमिति बैठक बस्ने उल्लेख गरिएको छ । तर, विधिको शासनको वकालत गर्ने कांग्रेसमा आफ्नै विधानले निर्धारित गरेको विधि पालना हुन सकेको छैन ।

समयमा महाधिवेशन नगर्ने, भातृ संगठनको अधिवेशन सार्ने देखि टार्नेसम्मका अभ्यास गर्ने, विधानले भने अनुरुप पार्टी संगठन संचालन नगर्ने र पार्टी संरचना पनि नबनाउने कांग्रेसमा आन्तरिक रुपमा नैं लोकतन्त्र अप्ठेरोमा परेको गुनासो हुने गर्छ । तर पार्टी नेतृत्व भने आफ्नो गुटको बलियो पडक बनाउने बाहेक अन्त कुरामा बेपर्वाह चलिरहेको छ ।

कांग्रेसमा विधि र नीतिमा निर्णय गर्ने महासमिति बैठकको बहस चलेपनि अहिले १४ औं महाधिवेशनको ज्वरो चढिसकेको छ । महासमितिलाई १४औं महाधिवेशनको पूर्व संकेत गर्ने थलोका रुपमा प्रयोग गर्न कांग्रेसका गुटहरु लागेकै कारण महासमिति बैठक बसाउनै महाभारत भइरहेको छ । यसले कांग्रेसको आगामी महाधिवेशन विधिका लागि बस्छ वा नेता व्यवस्थापनमा समिति हुन्छ भन्ने प्रश्न उठाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);